सायद ज्ञानको थलो भएर होला, सबैले मन्दिर भन्छन यसलाई, तर मैले त प्रकृतिमै भेटे ज्ञानको खोला, पहिलो शब्द सिकाउने आमाबुबालाई छोडेर भगवान् भन्नु कसलाई।। मेरो लागि त जीवन खेलको मैदान थियो, अनि अपरिचित भेट्ने चौतारी, घरपछि यहीँ ठाउँमा बाले ज्ञानको दियो, ज्ञान प्राप्त गर्न यहीँ आए धेरै पटक भौतारी ।। ज्ञान मात्र होइन असल मित्र पनि पाए, मानवता हरायो होला भनेको यथार्थ शिक्षकहरुले सिकाए, पहिलो पटक रुँदै आएको स्मृति नयनमा आए, यहाँ बिताएका अविस्मरणीय क्षणहरु मनमा सजाए ।। गृहकार्य नगर्दा हुन्थ्यो अनेक माफी, अनि शिक्षकले प्रश्न सोध्दा उड्ने हाम्रो होस्, तर बकवास भए पनि उत्तर सिकाउन हुन्थे साथी, असल मित्रहरू पाएर समाप्त भयो मेरो खोज ।।