विद्यालयको परीक्षामा सिकाउने साथी त धेरै भेटे
तर जीवनको परीक्षामा कसले साथ दिने होला ।
किताब भएको झोला त भारी लाग्ने यो काधँलाई
जीवनको जिम्मेवारीको बोझ त के होला ।।
विद्यालय त केही पल बिताउने चौतारी रहेछ
यसकै शितलमा जीवनको मानचित्र कोरीदो रहेछ ।
किताबमा त केवल जीवनको परिभाषा थियो
यसको अर्थ त बाल्यकालको स्मृतीमा भेटियो ।।
समयले गति फेर्यो जीवनमा नयाँ मोड आयो
यो मनमा आज फेरि त्यही गीत गुन्जियो ।
सधैँ साथीहरुसँग हराउने मनले एकान्त खोज्यो
एउटा शान्त कुनामा बालापनको तस्बिर झल्कियो ।।
क ख बाट सँगै सुरु भएको यात्रा आज कहाँ पुग्यो
सँगै हाँसेको सम्झेर मेरो आँखा भिज्यो ।
आँखाबाट कुरा हुन्थ्यो अनि मुखमा मौनता
नबोले पनि कुरा बुझ्ने साथी भेटिन्छ मात्र एउटा ।।
Comments
Post a Comment