थाहा थिएन आखिर माया के हो
थाहा पाए सबै उत्तर तिमीलाई भेटेर ।
मेरो मनको सबै भ्रम टाढा भो
मनमा भएका सबै कुरा तिमीसँग साटेर ।।
सोच्ने गर्थे माया बिना जिन्दगी चल्दैन
आगो बिना कुनै पनि कुरा बल्दैन ।
बल्ल थाहा भयो साथी बिना जिन्दगी चल्दैन
र ईर्ष्या भए कुनै कुरा बल्न आगो चाहिँदैन ।।
यहाँ सबै जना प्रगतिको दौडमा छन्
मेरो खोज निरन्तर असल मित्रको जारी छ ।
अर्काको प्रगति हेर्न सक्ने छैन कसैको मन
विगतका स्मृतिले मेरो मन खिन्न भएको छ।।
यहाँ को ठुलो को सानो थाहा थिएन मलाई
भन्थ्यौ हरपल साथ दिनेछु तिमीलाई।
मलाई यति ज्ञात थियो तिमी मेरै हौँ होइनौ पराई
असल साथीको दृष्टान्त भयौँ तिमी मलाई ।।
थाहा पाए सबै उत्तर तिमीलाई भेटेर ।
मेरो मनको सबै भ्रम टाढा भो
मनमा भएका सबै कुरा तिमीसँग साटेर ।।
सोच्ने गर्थे माया बिना जिन्दगी चल्दैन
आगो बिना कुनै पनि कुरा बल्दैन ।
बल्ल थाहा भयो साथी बिना जिन्दगी चल्दैन
र ईर्ष्या भए कुनै कुरा बल्न आगो चाहिँदैन ।।
यहाँ सबै जना प्रगतिको दौडमा छन्
मेरो खोज निरन्तर असल मित्रको जारी छ ।
अर्काको प्रगति हेर्न सक्ने छैन कसैको मन
विगतका स्मृतिले मेरो मन खिन्न भएको छ।।
यहाँ को ठुलो को सानो थाहा थिएन मलाई
भन्थ्यौ हरपल साथ दिनेछु तिमीलाई।
मलाई यति ज्ञात थियो तिमी मेरै हौँ होइनौ पराई
असल साथीको दृष्टान्त भयौँ तिमी मलाई ।।
Comments
Post a Comment