जहिले भनिन्थ्यो सधैँ रमाइलो गर्दै जाम ।
ती साथीहरुको यादमा रुन्छ सधैँ मेरो मन
कसरी व्यक्त गरूँ लेख्दा लेख्दै काम्छ मेरो तन।।
नयाँ साथी बनाउन लाग्थ्यो मलाई रङ्ग
हाँस्दै खेल्दै बित्थ्यो समय तिनीहरू सँग ।
यो संसारको मोहमायादेखि थियौँ धेरै टाढा
ती पलहरु सम्झिँदा बिझ्छन् मनमा काँडा ।।
कहिले ठुलो हुन्छ भनी देख्थिएँ सपना
तर आज बाल्यकालको रमाइलो भयो कल्पना ।
सानो छँदा भन्नेगर्थेँ डाक्टर बन्न चाहन्छु
तर आज मनले भन्छ बालक बन्न चाहन्छु ।।
बाल्यकाल भनेको घडीको सेकेण्डको सुइरो रहेछ
आँखा खोलेर हेर्दा बाल्यकाल नै बित्दो रहेछ ।
अचम्म रहेछ यो समयको नीति र खेल
अब कहिले हुने होला हामी सबैको मेल ।।
आकाशको चरी जस्तै मुक्त थियौँ बाल्यकालमा हामी
भविष्यको लक्ष्य सोच्दा सोच्दै बद्लियो काहानी ।
खेलौनाको लागि खस्थ्यो मेरो आँखाबाट आँसु
कोही भनिदेऊ ती सम्बन्ध फेरि कसरी गाँसु ।।
कल्पनाको संसार थियो ठुलो हुने चाहना
साथीहरुसँग घुम्न जान गर्यौँ अनेक बाहना ।
चौतारीमा सबैसँगै बसेको झल्झली आउँछ याद
जिम्मेवारीको बोझले थाकिसक्यो अब यो काधँ ।।
Comments
Post a Comment