साथी; सुन्दै मन प्रफुल्लित हुने यो शब्द , कठिन अवस्थाको आश्रय यो शब्द, जीवनमा एक्लोपनको आभास हटाइदिने यो शब्द, गन्तव्यको सहयात्री यो शब्द, विश्वासको पात्र यो शब्द, स्मृतिको भेल यो शब्द । खै ? कुन शब्दले यो साथी शब्दको बयान गरु? यो शब्द यति विशेष छ कि यो शब्दको जति बयान गरे पनि म थकित हुने छैन । सोच्नुस् त शब्दले नै यति श्रेष्ठता बोध गर्दछ भने यो शब्दको पछाडि जो व्यक्ति छ उसको तपाईंको जीवनमा कति महत्त्व होला । तर मलाई कहिले काँही डर लाग्छ यो शब्दबाट । यो पनि बत्ती मुनिको अँध्यारो जस्तै हो कि । प्रश्न उठ्छ "असलमा मेरो साथी को हो ?" सोच्ने गर्छु साथी भनिएका जो जति व्यक्तिहरू छन् के साँच्चै तिनीहरू मेरा साथी हुन् र? कतै मैले आफ्नै खुट्टामा बन्चरो हनिराको त छैन? सोच्छु, आफैलाई प्रश्न गर्छु "एउटा अपरिचित व्यक्ति केही क्षणको वाक्य आदन प्रदान गर्दैमा मित्र हुन्छन्?" यदि यसो हो भने म जीवनमा साथीको कल्पना समेत गर्दिनँ । कति सोजो छौँ है हामी । साथी शब्द मै साथ छ तर पनि यात्राको क्रममा दुई वाक्य साट्दैमा उसलाई हामी साथी भन्छौँ । के साथ दुई वाक्यको हो र ? सधैँ आफ्नो लागि मात्र स...
Comments
Post a Comment